गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ६१ पुग्यो
काठमाडौं – गण्डकी प्रदेशमा महामारीको रुपमा फैलिएका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ६१ पुगेको छ ।
आइतबार मात्र कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ६१ पुगेको हो ।
आइतबार २४ घण्टाको विवरणमा कास्कीका ८ जना, तनहुँका ४ जना तथा लमजुङ, बाग्लुङ्, मुस्ताङ र पर्वतका १र१ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । यस्तै, आइतबार गण्डकीका ५४० थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६६३ जनामा गरिएको नमूना परीक्षणमा थप ५४० जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस