थप पाँच सङ्क्रमितको मृत्यु
बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका दुई र बाहिरी जिल्लाका तीनजना रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्दका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१२ का ८७ वर्षीय पुरुष, लमजुङ मध्यनेपाल नगरपालिका–४ का ३१ वर्षीय पुरुष र कैलाली घोडाघोडी नगरपालिका–१ का ४० वर्षीया महिलाको मृत्यु भएको छ ।
यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बाँके राप्ती सोनारी गाउँपालिका–७ का ५० वर्षीया महिला र दाङ तुलसीपुर उपमहानगरपालिका–७ का ८३ वर्षीय पुरुषको पनि उपचारको क्रममा गएराती मृत्यु भएको छ । योसँगै बाँकका २९१ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका २८६ जनाको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस