कोभिड–१९ आयुर्वेद आइसोलेशन केन्द्र सञ्चालनमा
चितवन / जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर चितवनले भरतपुरको शिवनगरमा २० शय्याको आयुर्वेद आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ । आयुर्वेद, जडीबुटी, व्यायाम, योग, प्रणायम, जीवनशैली व्यवस्थापन र अमृत भोजनका साथमा कोरोना सङ्क्रमितका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको हो ।
लाक्षणिक उपचारका लागि आयुर्वेद औषधिको प्रयोग गरी उपचार गरिने लक्ष्य लिइएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोग एवं भरतपुर महानगरको स्थानीय सहयोगमा प्रस्तावित प्रादेशीक आयुर्वेद अस्पताल निर्माण स्थलमा सोमबार साँझ आइसोलेशन केन्द्रको उद्घाटन गरिएको हो । केन्द्रको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले उद्घाटन गरे । सो अवसरमा दाहालले जिल्लामा आयुर्वेद, प्राकृतिक चिकित्सा र योगको सम्भावन धेरै रहेको बताए । उनले भने, “कोरोनाको पहिलो लहरमा हामीले ५०० सङ्क्रमितको प्राकृतिक चिकित्सा विधिबाट उपचार ग¥यौँ ।”
प्रमुख जिल्ला अधिकारी लामिछानेले कोभिड सङ्क्रमण भई सामान्य लक्षण भएका सङ्क्रमितको उपचारमा आयुर्वेद आइसोलेशन प्रभावकारी हुने बताए। सो अवसरमा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर चितवनका सञ्चालक एवं व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकु्मार श्रेष्ठ, सोही कार्यालयका प्रमुख आयुर्वेद चिकित्सक डा कोपिला अधिकारीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा आयुर्वेद चिकित्सक अधिकारीले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा जारी कोभिड महामारी रोकथाम, नियन्त्रण एवं उपचार निर्देशिकामा आधारित भई उपचार सेवा दिइने जानकारी दिनुभयो । निःशुल्क सेवा दिइने आइसोलेशनमा चिकित्सकसहित आयुर्वेदका स्वास्थ्यकर्मी रहने छन् । आइसोलेशन केन्द्र अक्सिजनसहितको रहेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस