बेलायतले कोभिडको तेस्रो लहर आउन सक्ने आँकलन
बेलायत सरकारको सल्लाहकार समेत रहेका एकजना वैज्ञानिकले बेलायत कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन् ।
उनले यससँग सम्बन्धित बेलायतमा पछिल्लो समयमा तीन हजार ३८३ जना यस्ता नयाँ संक्रमित भेटिएको भन्दै यस्तो अवस्था रहेका बताएका हुन् । तेस्रो लहर ल्याउन सक्ने प्रकारका बृटिश प्रजातिका नयाँ संक्रमितहरु थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताएका हुन्।
उनले बेलायतको वर्तमान अवस्थाका बारेमा भन्नुभएको छ हुनत हाल बेलायतमा देखा परिरहेका संक्रमितहरुको संख्या थोरै छ तर पनि ती संक्रमितहरुलाई भारतमा भेटिएका भारतीय प्रजातिका संक्रमितहरुका कारणले बल पुग्न पनि सक्छ ।
यसैकारणले बेलायतमा कोभिडको तेस्रो लहरको शुरुआत हुन सक्ने अवस्था रहेको छ उहाँले भन्नुभएको छ । उहाँले बिबीसीसँगको कुराकानीमा सोमबार भन्नुभएको थियो कि हुनत अहिले बेलायतमा देखिएका संक्रमितको संख्या अहिलेको लागि थोरै जस्तो लाग्छ तर पछि गएपछि यी संख्या पनि धेरै नै हुदै जानेछन् ।
शुरुमा देखिँदा जुनसुकै भेरिएन्ट पनि सानो संख्यामा नै देखा परेका थिए र अब तिनै सानोबाट नै धेरैमा फैलिन सक्ने अवस्था हिजोको जस्तो हुन पनि सक्छ– उनले भनेका छन् । बेलायतमा दुई महिना अघि भेटिएको भनिएको कोभिड १९ को बृटिश भेरिएन्टलाई निकै खतरानाक भनिएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस