युट्युबमा १५ करोड पटक हेरियो कुटुमा कुटु गीत
काठमाडौं । पछिल्लो समय युट्युबमार्फत गीतसंगीत मापन हुँदै आएको छ।
हरेक गीतले प्राप्त गर्ने युट्युब भ्युजको आधारमा लोकप्रियता र सफलताको मापन गरिँदै आएको छ। दर्शक श्रोताले रुचाएका गीतले छोटो समयमा करोडौं भ्युज पाउने गरेका छन्।
डिजिटल प्लेटफर्मको युट्युबमा सर्वाधिक भ्युज कमाउन सफल भएको छ, कुटुमा कुटु सुपारी दाना । सन् २०१७ मा रिलिज भएको ‘कुटुमा कुटु’ बोलको गीतले दर्शकको भ्युजको रफ्तारलाई अहिले पनि छोडेको छैन। नेपाली चलचित्र ‘दुई रुपैयाँ’मा समावेश यो गीतलाई युट्युबमा १५ करोड पटक हेरिएको छ। युट्युबमा १५ करोड पटक हेरिने यो पहिलो नेपाली गीत पनि बनेको छ।
यो गीत अहिले पनि हरेकजसो कार्यक्रममा बज्ने गरेको छ भने टिकटकमा लोकप्रिय बनिरहेको छ। राजनराज शिवाकोटीको शब्द तथा संगीतमा तयार भएको यो गीतमा राजनराज शिवाकोटी, राजन ईशान र मेलिना राईले स्वर दिएका छन्। गीतको एरेन्जर राजन ईशानले गरेका छन्।
करिब ६ मिनेट लामो गीतमा चलचित्र दुई रुपैयाँकी नायिका स्वस्तिमा खड्का, निश्चल बस्नेत, आसिफ शाह र बुद्धि तामाङले अभिनय गरेका छन्।
क्याटेगोरी : कला शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस