थप २४०७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा २४०७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १६९४ जना र एन्टिजन परिक्षण गर्दा ७१३ जना गरि जम्मा २४०७ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज थपिएका कोरोना संक्रमितमध्ये भक्तपुरका ५८ जना, ललिपुरका ११२ जना र काठमाडौं ४८३ जना रहेका छन् । हाल संक्रिय संक्रमितको संख्या ६८ हजार ९१० रहेको छ भने पछिल्लो २४ घण्टामा ३९९३ जना कोरोनामुक्त भएका छन् ।
कोरोना परिक्षणदर घट्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख २८ हजार ९४२ रहेको छ ।
हाल सबैभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लाहरुमा काठमाडौं, ललितपुर, रुपन्देही, मोरङ, भक्तपुर, कैलाली, धनुषा, दाङ, सिन्धुपालचोक र झापा रहेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस