कोरोनाको कारणले २४ घण्टा नपुग्दै दम्पतीको मृत्यु
एजेन्सी / कोरोनाको कारण भारतको खेलकुदका २ जना महान हस्तीको निधन भएको छ। कुनै दिन भलिबलमा भारतीय टिमको कप्तान रहेकी ८५ वर्षिया पत्नी निर्मल मिल्खा सिंहको निधन भएको ५ दिन दिन पछि ९१ वर्षिय मिल्खा सिंहले पनि कोरोनाकै कारण देह त्याग गर्नु परेको थियो।
मिल्खा सिंह भारत स्वतन्त्र भैसकेपछि व्यक्तिगत खेलका स्टार बनेका थिए। उनले ट्र्याकएण्ड फिल्डमा १ दशक भन्दा बढी समय राज गरेका थिए। तेज गतिका धावक सिंहले कयौं रेकर्ड बनाउनुका साथै प्रशस्त पुरस्कार जितेका थिए। उनले सन १९५६ मा अष्ट्रेलियाको मेलबर्नमा आयोजित ओलम्पिकमा भारतको प्रतिनिधित्व गरेका थिए। सन १९६० मा ईटलीतथा सन १९६४ मा जापानको टोकियोमा आयोजित ओलम्पिकमा उनले सानदार प्रदर्शन गरी हालसम्म ओलम्पिकमा सहभागी भारतीय खेलाडी मध्ये प्रतिष्ठित बनेका थिए।
सन १९२९ मा हाल पाकिस्तानमा पर्ने गोबिन्दपुरमा जन्मेका सिंह भारतीय सेनामा भर्ती भएका थिए। २ सय तथा ४ सय मिटर दुरीको दौडमा उनले सन १९५८ को एशियाली खेलकुदतथा राष्ट्रमण्डलीय खेलकुदमा स्वर्ण पदक जितेका थिए। उनि भारतको प्रतिष्ठित पुरस्कार पद्मश्रीबाट पनि पुरस्कृत भएका थिए।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस