• जीवनशैली | Jiwanshaili
  • थप ४५२२ जनामा कोरोना संक्रमण, ४९५४ जना निको भए


    काठमाडौं । नेपालमा ४५२२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट ३७०३ जना र एन्टीजेन परिक्षणबाट ८१९ जना गरि जम्मा ४५२२ जना नयाँ संक्रमित थपिएका हुन् ।

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख २६ हजार ३४३ रहेको छ । संक्रमित मध्ये पाँच लाख  ६४ हजार ८८२ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या ५२ हजार ६४८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ४९५४ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ४१ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ८८१३ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस