• जीवनशैली | Jiwanshaili
  • थप दुई हजार चार सय ७४ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु


    काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार २३५ जनाको पीसीआर परीक्षणबाट १ हजार ५७७ र ४ हजार ९९७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८९७ जना गरी २ हजार ४७४ जना कोरोना संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट २ हजार ५१८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस