बङ्लादेशमा एक दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित
बङ्लादेशमा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् ।
सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा बङ्लादेशमा थप १३ हजार ७६८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
“कोरोनाभाइरसको महामारी सुरु भएदेखि अहिलेसम्म एकैदिनमा यति धेरै नयाँ सङ्क्रमित थपिएको यो नै पहिलो पटक हो,” एक सरकारी अधिकारीले भने ।
थपिएका सङ्क्रमितसँगै बङ्लादेशमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक लाख ३४ हजार ९५७ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।
सोमबार सार्वजनिक गरिएको विवरणमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये थप २२० जनाको मृत्यु भएको पनि उल्लेख गरिएको छ ।
बङ्लादेशमा कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल सङ्ख्या १६ हजार ६३९ पुगेको सरकारी अधिकारीहरूले जनाएका छन् ।
उनीहरूका अनुसार बङ्लादेशमा कोरोनाभाइरसबाट सङ्क्रमति भएर पनि सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या आठ लाख ८१ हजार ५२१ पुगेको छ । तीमध्ये सात हजार २० जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् ।
सरकारले सार्वजनिक गरेको आधिकारिक विवरणमा बङ्लादेशमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरूको प्रतिशत १.१६ रहेको छ । त्यसैगरी सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या ८५.१७ प्रतिशत रहेको छ ।
बङ्लादेशमा एकैदिनमा सबैभन्दा धेरै जनाको मृत्यु भने गत जुलाई ११ मा भएको थियो । त्यो दिन २३० जनाको मृत्यु भएको थियो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस