• जीवनशैली | Jiwanshaili
  • गुलाबी साडीमा नोरा फतेहि को स्टाइलिस लुक


    बलिउड नायिका तथा डान्सर नोरा फतेहि आजकाल कामसगैँ आफ्नो लुकको कारणले पनि चर्चामा आउने गरेकि छन् । केहि दिन देखी उनले इन्ट्राग्राममा आफ्ना तस्बिरहरु पोष्ट गरिरहेकी छन् । जसको कारणले उनले आफ्नो फ्यानहरुको चर्चा बटुलिरहेकी छन् । यो पटक पनि उनले आफ्नो सारी लुकका कारणले धेरै चर्चा कमिरहेकी छन् ।

    तस्बिरमा नोराले गुलाबी साडीमा स्टाइलिस पोज दिइरहेकी छन् । उक्त सारीमा नोरा निकै आकर्षक देखीएकी छन् । यसका साथै नोराले आफ्नो कपाल खुल्ला राखेकि छन् र हल्का मेकअप पनि गरेकि छन् । जसमा उनलाई सुन्दर देखिएको छ । यी तस्बिरहरुलाई उनका फ्यानहरुले निकै मनपराइरहेका छन् भने इन्ट्राग्राममा राम्रा राम्रा कमेन्ट पनि गरिरहेका छन् ।

    कामको कुरा गर्ने हो भने नोराले बलियुडमा आफ्नो करियरको सुरुवात फिल्म ‘रोरः टाइगर अफ द सुन्दर बन’ बाट गरेकि थिइन् । अब भने उनी नयाँ फिल्म ‘भुज द फ्राइड अफ इन्डिया’ मा देखिने भएकि छन् ।

     


    क्याटेगोरी : कला शैली, समाचार

    प्रतिक्रिया दिनुहोस