काजोलको ४७ औं जन्मदिन: अजय देवगनले दिए विशेष शुभकामना
बलिउड अभिनेत्री काजोलले बिहीबार ( ५ अगस्ट) आफ्नो ४७ औं जन्मदिन मनाइरहेकी छिन् । यस विशेष अवसरमा, उनका प्रशंसक, साथीहरु र परिवारका सदस्यहरुले काजोल लाई सोशल मिडिया मार्फत बधाई दिइरहेका छन् । यसैबीच, काजोलका पति अजय देवगनले उनलाई टुइटर मार्फत जन्मदिनको विशेष शुभकामना दिएका छन्।

अजय देवगनले श्रीमती काजोलको साथमा एउटा फोटो सेयर गरी क्याप्सनमा लेखेका छन्, ‘लामो समयदेखी तिमीले मेरो अनुहारमा मुस्कान राख्न सफल भएकी छौ । जन्मदिनको शुभकामना प्यारी काजोल । तिमी जति विशेष छौ, हामी तिम्रो जन्मदिनलाई त्यति नै विशेष बनाउन कोसिस गर्नेछौ ।’ काजोल र अजयको विवाह २२ बर्ष अघि भएको थियो । दुबैको जोडी बलिउडको सबैभन्दा राम्रो जोडी मध्ये एक मानिन्छ ।

काजोलको जन्मदिनको तयारी र पार्टी एक दिन अघिबाटै सुरु भएको थियो । बुधबार काजोल आफ्नी बहिनी तनिषा र आमा तनुजासँग लन्च डेटमा देखिएकी थिइन् । काजोलले लन्च डेटको केहि फोटोहरु पनि सेयर गरेकी छिन् ।
क्याटेगोरी : कला शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस