बिस्का जात्राको लागि रथ निर्माण तीव्र (फाेटाेफिचर)
भक्तपुरको ऐतिहासिक बिस्का जात्राका लागि रथ तयार गरिँदै । काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका परम्परागत साँस्कृतिक जात्रामध्ये बिस्का जात्रा पनि एक हो । स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिन्छ । जात्राका लागि भक्तपुर दरवार क्षेत्रमा रहेको पाँच तले र भैरवनाथको मन्दिर प्रांगणमा अहिले रथ बनाइँदै छ । तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु गरिन्छ । नयाँ वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामसँग मनाइन्छ भने थिमिमा तीन दिन मनाइन्छ ।

क्याटेगोरी : चाडपर्व विशेष, फिचर
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस