उदाउँदो सूर्यलाई अर्घ दिएर चैते छठ समापन
सप्तरी, २५ चैत
चार दिन मनाइने चैते छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर शुक्रबार बिहान सम्पन्न भएको छ। परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर सम्पन्न गरेका हुन्।
छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर मनाउने गरिन्छ । पहिले छठ चैत महिनामा मनाउने प्रचलन रहेकोले भाकल हुनेले अहिले पनि यस पर्वमा यस पूजालाई निरन्तरता दिएका छन् ।
´छठ कठोर व्रत भए पनि वर्षको दुई पटक मनाउँदै आएका छाैँ,’ व्रतालु मिनु गुप्ताले भनिन्, ´मेरो ससुरा सिकिस्त बिरामी भएको बेला चैतमा पनि छठ गर्ने सासुले भाकल गरेको चार पाँच दिनमै निको भएपछि ३५ वर्षदेखि कात्तिक र चैतमा वर्षको दुई पटक छठ पूजा हुँदै आएको छ।’
उनकी सासुको मनोकामना पूरा भएपछि चैतमा पनि छठ गर्न थालेपछि हामीले मागे जति पूरा भएको उनले बताइन् ।
क्याटेगोरी : पर्वशैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस