• जीवनशैली | Jiwanshaili
  • दरबारमार्ग महोत्सव शनिबार हुँदै


     

    नेपाली नयाँ वर्ष २०७९ को अवसरमा शनिबार काठमाडौंको दरवार मार्गमा १५ औं दरबारमार्ग महोत्सवको आयोजना हुन भएकाे छ । महोत्सवमा सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुती हुने बताइएको छ ।

     

    आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पु¥याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना हुन लागेको हो । महोत्सवको मूल नारा सहकार्यः ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ रहेको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसंग महासंघको विषेश सहकार्यमा महोत्सव आयोजना हुन लागेको हो । गीतसंगीत, विभिन्न नेपाली खानाका परिकारका, विविध मनोरञ्जनात्मक प्रस्तुती हुने आयोजकले जनाएको छ ।

     


    क्याटेगोरी : पर्वशैली

    प्रतिक्रिया दिनुहोस