गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पहिलो व्यावसायिक उडान, कुवेतबाट आयो पहिलो अन्तराष्ट्रिय विमान
भैरहवा, २ जेठ
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पहिलो अन्तराष्ट्रिय व्यावसायिक उडान भएको छ । कुवेतबाट आएको जजिराको जेजेड आर ५४५ एयरवस ए ३२०–२३३ विमानले साेमबार बिहान ७ बजे १७४ यात्रु लिएर उडान भरेको हो ।
विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । यसअघि बुधबार भारतको दिल्लीबाट अन्तराष्ट्रिय विमानको रुपमा भारतीय सेनाले उडान गरेको थियो । सो विमानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण लक्षित सुरक्षा अधिकारी, सुरक्षा सामाग्री र बुलेट प्रुफ कार ल्याएको थियो । साताको ३ दिन जजिरा एयरलाईन्स नियमित उडान गर्ने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।
जजिरा एयरलाईन्स सोमबार, बुधबार र शुक्रबार सातामा ३ दिन राति पौने २ बजे भैरहवामा अवतरण गर्ने र सोही राति अढाई बजे फिर्ता हुने तालिका छ । अहिले जजिराले १ सय ७५ जना क्षमता रहेको न्यारो बडी एयरबस ३२० भैरहवा ल्याएको छ । जुलाईदेखि जजीराले दैनिक उडान भर्ने विमानस्थल प्रशासनले जानकारी दिएको छ ।
सन् २०१४ मा विमानस्थल आयोजना सुरु भएको थियाे । करिब १० अर्बको लागतमा निर्माण सम्पन्न विमानस्थलमा ५८ करोड लागतको उपकरण जडित छ ।
पूर्वाधारको काम अझै बाँकी रहेकाे र यसलाई विस्तारै बढाउदै लैजाने बताइएकाे छ ।
पहिलाे अन्तराष्ट्रिय व्यवसायिक उडान नागरिक उडडयनको लागि ऐतिहासिक क्षण रहेको नेपाल नागरिक उडडयनका महानिर्देशक प्रदिप अधिकारीले बताएका छन् ।
क्याटेगोरी : पर्यटन
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस