रैथानेबाली प्रवर्द्धनका लागिभन्दै तेस्रो जुम्ला महोत्सव आयोजना गरिने
जुम्ला, २० जेठ
जुम्लामा तेस्रो जुम्ला महोत्सवको आयोजना गरिने भएको छ । उद्योग वाणिज्य संघ जुम्लाले कर्णालीको कला, संस्कृति, भाषा र साहित्यको संरक्षण तथा रैथाने बालीको प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिने जनाएको छ । पर्यटन तथा व्यापार प्रवर्द्धन र आर्थिक वृद्धिको लागि तेस्रो जुम्ला महोत्सवको आयोजना गर्न लागिएको महासंघले जनाएको छ ।
संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत आगामी भदौ १९ देखि २९ गते सम्म १० दिने तेस्रो जुम्ला व्यापार महोत्सवको आयोजना गर्ने जनाएको हो । त्यस्तै उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्षका पुरीचन्द्र देवकोटाले जुम्लाको आर्थिक अवस्था वृद्धि र रैनाथे बालीमा जोड दिनका लागी महोत्सवको आयोजना गरिने बताए ।
कोभिडले थलिएको पर्यटन व्यवसाय र अर्थतन्त्रलाई उकास्न, जुम्लाको स्थानीय कला र संस्कृतिको संरक्षण, पर्यटन तथा रैथानेबालीको प्रवर्द्धन गरी आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले महोत्सव आयोजना गरिने उनको भनाइ छ ।
‘दर्शकलाई अर्ग्यानिक स्वाद चखाउन अर्ग्यानिक स्टल राखिने छ । मनोरञ्जनका लागि स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने छ । अझैँ साढे दुई महिना बाँकी रहेकाले महोत्सवलाई विगतको भन्दा व्यवस्थित गर्न महासंघको टिम पूर्वतयारीमा जुटिरहेको छौं,’ उनले भने ।
क्याटेगोरी : पर्यटन
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस