क्यान्सर ह्याज नो एन्सर होइन, क्यान्सर ह्याज एन्सर भएको छ’
नगरकोट, (भक्तपुर), ४ असार
कुनैबेला क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ ?) भन्दा ‘नो’ भन्नु पर्ने अवस्था थियो । तर, अहिले क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ) भन्न सकिने अवस्था छ । तर, यसका लागि समयमै रोगको पहिचान भने हुनुपर्ने शनिवार आयोजित एककार्यक्रमका सहभागीहरूले बताए ।
नेपाल क्यान्सर सपोर्ट ग्रुपले नगरकोटमा आयोजना गरेको ३०औँ ‘सुदिप्त क्यान्सर सर्भाइवर मिट’मा क्यान्सर निको भएका व्यक्तिहरूले क्यान्सरको उपचार सम्भव भएको बताएका हुन् ।
क्यान्सर उपचारका लागि सुरुमै पहिचान हुनुपर्नेमा जोड दिँदै उनीहरूले नेपालमै अन्तराष्ट्रियस्तरको क्यान्सरको उपचार हुने पनि बताए । त्यसकारण क्यान्सर भएकाहरूले आ–आफनो मनोबल नगिराउन उनीहरूको सल्लाह छ । नेपाल क्यान्सर सपोर्ट ग्रुपका अध्यक्ष दीलिप भटरार्इले क्यान्सर बारेको जनचेतना अझै व्यापक बनाउनु पर्ने औल्याए ।
क्यान्सरको पहिलो उपचार नै मनोबल रहेको भन्दै उनले मनोबल उच्च राख्न सबै बिरामीलाई सल्लाह दिए । नेपाल क्यान्सर सपोर्ट ग्रुपका उपाध्यक्ष एवं सुदिप्त क्यान्सर सर्भाइवर मिटका संयोजक स्वरुपा श्रेष्ठले क्यान्सरको उत्तर रहेको भन्दै खुशीसाथ जीवन बिताउन सुझाइन् । क्यान्सर रोग निको हुने रोग रहेको भन्दै उनले ठिक समयमा उपचार गरे खुशीसाथ नयाँं जीवन जिउन सकिने जनाइन् ।
नेपाल क्यान्सर सपोर्ट ग्रुपका अर्का उपाध्यक्ष शशांक शर्माले क्यान्सर रोगको नेपालमै उपचार गरी निको भएको २१ वर्षको अनुभव सुनाए । महासचिव गणेशभक्त श्रेष्ठले ग्रुपले निरन्तर सचेतना कार्यक्रम गरिरहेको र त्यसलाई निरन्तर व्यापक रुपमा लैजाने योजना रहेको सुनाए ।
कार्यक्रममा क्यान्सरलाई परास्त गरी २५ वर्षभन्दा वढी सयमदेखि रोगमुक्त भएका दजर्नौ व्यक्तिले क्यान्सरबाट सचेत हुनुपर्ने तर भइसकेपछि डराउनु पर्ने अवस्था नरहेको अनुभव सुनाए । उनीहरुले क्यान्सर भएपछि उपचार गर्नुभन्दा हुनै नदिनमा भने विशेष सचेतना अपनाउन सुझाए ।
कार्यक्रममा क्यान्सरलाई परास्त गरी स्वस्थ्य जीवन बाँंचिरहेका तीन दर्जन व्यक्तिले अनुभव सुनाउँदै क्यान्सर निको हुने र मनोबल उच्च राख्न अनुरोध गरे ।
क्याटेगोरी : फिचर, हाम्राे स्वास्थ्य
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस