बालबालिकालाई आजदेखि कोभिडविरुद्धको फाइजर खोप
काठमाडौं, ९ असार
सात प्रदेशका २७ जिल्लाका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ देखि ११ वर्ष उमेरका बालबालिकाmाई विद्यालयमै खोप दिइन लागिएको हो । बालबालिकालाई १५ असारसम्म पहिलो डोज र २ साउनदेखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने छ ।
आजदेखि खोप कार्यक्रम सञ्चालन हुने जिल्ला झापा, इलाम मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर रहेका छन् ।
त्यस्तै, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम,रुपन्देही, बाँके दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा पनि आजदेखि खोप कार्यक्रम सञ्चालन हुनेछ ।
बाँकी ५० जिल्लामा भने ५ भदौदेखि खोप कार्यक्रम सञ्चालन गर्ने लक्ष्य सरकारको छ ।
क्याटेगोरी : फिचर, हाम्राे स्वास्थ्य
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस