• जीवनशैली | Jiwanshaili
  • बढ्दै कोरोना संक्रमण, एकैदिन थपिए ५३ संक्रमित


     

    काठमाडौं, १९ असार

    नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ५३ जनामा संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १२० नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यस्तै पछिल्लो २४ घण्टामा २० जना कोरोना मुक्त भएका छन् । आज संक्रमणबाट मृत्युदर शून्य छ ।

    हाल देशभर ३३३ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरूको होम तथा संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, फिचर, समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार