योग स्वस्थ रहने उत्तम उपाय
विशाल बस्नेत
मानिसको जीवनलाई तनावमुक्त बनाउन योग, ध्यानको आवश्यक रहेको पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।
सिटीइभिटीद्वारा सञ्चालित नेपालमा नै पहिलो ६५ दिन ३९० घण्टाको योग तालिमको समापन कार्यक्रममा बोल्दै नेता पोखरेलले नेपाललाई नै योगयुक्त देश बनाउन आवश्यक रहेको औँल्याए ।
योग प्राचीन विज्ञान भएको हुनाले यसलाई प्रचारप्रसार गरेर सबै मानिस स्वस्थ र खुलासा रहनुपर्ने उनको तर्क छ ।
योगसँगै जोडिएको बैकल्पित आयुर्वेदिक चिकित्सा पद्धति वैकल्पिक नभएको जिकिर गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका पोखरेलले यसलाई नै मुख्य उपचार पदतिकोरुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
हरेक तनावबाट मुक्त बनी स्वस्थ जीवन जिउन योग नै महत्त्वपूर्ण रहेको बताउँदै नेता पोखरलले योगलाई स्वरोजगारमा जोडन नेपालमा पहिलोपटक पाठ्यक्रम समेत लागू भएको बताए ।
नेता पोखरेलले योगमाया विश्वविद्यालयको लागी आफूले संसद्मा लविङ्ग गरिरहेको पनि बताए ।
उनले ठट्यौली पाराले नेताहरूलेसमेत योग गरेको भए नेकपा नफुट्ने दाबी गरे । योगले सकारात्मक विचारको सञ्चार गर्ने भएकाले नेपालका हरेक ठाउँमा योग अभ्यासको जरुरी भएको उनको ठहर छ ।
क्याटेगोरी : फिचर, हाम्राे स्वास्थ्य
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस