• जीवनशैली | Jiwanshaili
  • नेपालमा थपिए १६८ कोरोना संक्रमित


    काठमाडौं, २७ असार

    नेपालमा पछिल्लो २४ घण्टामा १६८ जना कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ८३४ जनाको पिसिआर परीक्षण गर्दा १२९ र एक हजार १८६ जनाको एन्टिजेन परीक्षणमा ३९ जना गरी १६८ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएसँगै नेपालमा संक्रमितको संख्या ७७० पुगेको छ । पछिल्लो २४ घण्टामा ३७ जना संक्रमण मुक्त भएका छन् । आज कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस