• जीवनशैली | Jiwanshaili
  • नेपालमा एकैदिन थपिए १७७ जना कोरोना संक्रमित


    काठमाडौं, २८ असार

    नेपालमा पछिल्लो २४ घण्टामा १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर १ हजार ८ सय ५ पिसिआर परीक्षण गर्दा १ सय ४४ जना र १ हजार ३ सय २१ एन्टीजेन परीक्षणका क्रममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै आज थप ४१ संक्रमित निको भएका छन् । हाल नेपालमा ८ सय ७३ सक्रिय संक्रमित रहेका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट, ताजा अपडेट, स्वास्थ्य शैली, हाम्राे स्वास्थ्य

    प्रतिक्रिया दिनुहोस