• जीवनशैली | Jiwanshaili
  • एकै दिन ७१० जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु


    काठमाडौं, १२ साउन

    पाछिल्लो २४ घण्टामा नेपालमा सात सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २५ जनामा गरिएको नमुना परीक्षणका क्रममा सात सय १० जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार २५ सय ४१ जनाको पिसीआर र २४ सय ८४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । यस्तै, पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । उनीहरूको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    नेपालमा अहिले ४२ सय ३६ जना संक्रिय कोरोना संक्रमित रहेका छन् । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार नौ सय ६२ जनाको मृत्यु भइसकेको छ ।
    यस्तै, दुई सय १५ जना पछिल्लो एक दिनमा संक्रमणमुक्त भएका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट, मुख्य समाचार, हाम्राे स्वास्थ्य

    प्रतिक्रिया दिनुहोस


    थप समाचार