• जीवनशैली | Jiwanshaili
  • देशभर ८६८ कोरोना संक्रमित थपिए, थप तीन जनाको मृत्यु


    काठमाडौं, २५ साउन

    नेपालमा पछिल्लो २४ घण्टामा ८६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६१४ नमूनाको पीसीआर परीक्षण गर्दा ४९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा ४१४ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८८५ पुगेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा १ लाख ३८ हजार ८४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस