विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ६० करोड नाघ्यो, पौने ६५ लाखको मृत्यु
काठमाडौं, १० भदौ
विश्वमा हालसम्म ६० करोड ३८ लाख ९६ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ ।
वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् । हालसम्म अमेरिकाम ९ करोड ५८ लाख ८ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।
अमेरिकापछि संक्रमितको ठूलो संख्या भारतमा रहेका छ । भारतमा हालसम्म ४ करोड ४३ लाख ८६ हजार ८३६ जनामा संक्रमण पुष्टी भएको छ ।
यस्तै, हालसम्म फ्रान्समा ३ करोड ४४ लाख २८ हजार ७३८, ब्राजिलमा ३ करोड ४३ लाख ५० हजार ६३९ र जर्मनीमा ३ करोड १९ लाख ७० हजार ७७९ जनामा कोरोना भाइरसको संक्रमण भइसकेको छ ।
विश्वमा रहेका संक्रमितमध्ये ५७ करोड ८७ लाख १६ हजार ७७५ जना निको भइसकेका छन् । अहिले विश्वमा सक्रिय कोरोना संक्रमितको संख्या १ करोड ८६ लाख ९७ हजार २८७ रहेको छ ।
वल्डोमिटर्सका अनुसार कोरोना भाइरसको संक्रमणको कारण विश्वमा हालसम्म ६४ लाख ८२ हजार ५८ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा हालसम्म १० लाख ६७ हजार ९६४ जनाको मृत्युको कारण कोरोना बनेको छ ।
कोरोनाका कारण ब्राजिलमा ६ लाख ८३ लाख ३२८, भारतमा ५ लाख २७ हजार ४८८, रुसमा ३ लाख ८३ हजार ८२९ र मेक्सिकोमा ३ लाख २९ हजार २२५ जनाको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस