विश्व इतिहासमा आजः सन्डे हुक इलिमेन्ट्री विद्यालयमा बन्दुक हमलादेखि दक्षिण ध्रवमा पुग्ने सोभियत
आज १४ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः
सन्डे हुक इलिमेन्ट्री विद्यालयमा गोली हानाहान
सन् २०१२ मा अमेरिकाको कनेक्टिकटको न्युटाउनस्थित सन्डे हुक इलिमेन्ट्री विद्यालयमा गोली चलेको थियो । एडम लान्जा नाम गरेका व्यक्तिले गोली चलाउँदा २० बालबालिका र ६ बयस्कको मृत्यु भएको थियो ।
तान्जेनियाले पायो राष्ट्रसंघको सदस्यता
सन् १९६१ मा तान्जेनिया औपचारिक रुपमा राष्ट्रसंघको सदस्य बनेको थियो । तांगनयिका र जनजिवर आर्किपेलागो मर्ज गरेर तान्जेनिया बनेको थियो । मर्ज हुनुअघि दुबै देश बेलायतको अधिनमा थिए ।
दक्षिण ध्रवमा पुग्ने सोभियत
सन् १९५८ मा सोभियत नागरिक दक्षिण ध्रुवमा पुगेका थिए । उनी दक्षिण ध्रुवमा पुग्ने पहिलो व्यक्ति हुन् । सन् १९५८ को १४ डिसेम्बरमा येभगेनी टोलस्टिकोभले नेतृत्व गरेको सोभियत युनियनको समूह दक्षिण ध्रुवमा पुगेको थियो । दक्षिणी ध्रुवको औषत तापक्रम माइनस ७३ डिग्री फरेनाइट छ ।
सोभियत युनियन लिग अफ नेसनबाट निस्काशन
सन् १९३९ मा सोभियत युनियन लिग अफ नेसनबाट निस्काशन भएको थियो । फिनल्यान्डबारे अनावश्यक माग गरेपछि सोभियत युनियनलाई लीग अफ नेसनबाट निस्काशन गरिएको थियो ।
क्याटेगोरी : डायाेस्परा
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस