• जीवनशैली | Jiwanshaili
  • पैसा लिएर विवाह र पार्टीमा डान्स गर्दिनँ


    बलिउड अभिनेत्री कंगना रनावत आफ्नो आगामी फिल्म ‘इमर्जेन्सी’ लाई लिएर चर्चामा छिन्। उनी सामाजिक सञ्जालमा पनि सक्रिय छिन्। हालै उनले एक भिडिओ सार्वजनिक गर्दै दिएको टिप्पणी चर्चामा छ। उक्त भिडिओमा आशाले लता मंगेशकरको बारेमा बताउँदै भनेकी छन्, ‘उनले १० लाख डलरको अफर अस्वीकार गरेकी थिइन्। उनलाई कुनै समारोहमा १० मिनेट उपस्थित हुन आग्रह गरिएको थियो तर उनले अस्वीकार गरिन्। उनले ५० लाख डलर दिए पनि नआउने बताइएकी थिइन्।’

    इन्स्टाग्राम स्टोरीमा भिडिओ सेयर गर्दै कंगनाले लेखेकी छन्, ‘म सहमत छु। म पनि विवाह र व्यक्तिगत पार्टीमा कहिले डान्स गर्दिनँ। चाहे सबैभन्दा हिट गीत नै किन नहोस्। यस्ता समारोहमा मैले पैसा लिएर डान्स गर्न अस्वीकार गरेको छु। यो भिडिओ देखेर मलाई खुशी लाग्यो। लता दिदी प्रेरणा दिनुहुन्छ।’

    यतिबेला कंगना फिल्म ‘इमर्जेन्सी’ को छायांकनमा व्यस्त छिन्। फिल्ममा उनी भारतकी पहिलो प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिनेछिन्।


    क्याटेगोरी : डायाेस्परा

    प्रतिक्रिया दिनुहोस


    थप समाचार