खचाखच भरिएको बसमा बम विस्फोट, ६ जनाको मृत्यु
एजेन्सी
काबुल, २१ मंसिर
उत्तरी अफगानिस्तानको सबैभन्दा ठूलो सहरमा खचाखच भरिएको बसमा काम गर्न जाँदै गरेका पेट्रोलियम कम्पनीका सात कर्मचारीको सडक किनारमा भएको बम विस्फोटमा मृत्यु भएको छ ।
गत वर्षको अगस्टमा सत्तापलटपछि तालिबानले राष्ट्रिय सुरक्षामा सुधार गरेको दाबी गरे पनि त्यहाँ दर्जनौं बम विस्फोट र आक्रमणहरू भएका छन् । तीमध्ये धेरै आक्रमण इस्लामिक स्टेट समूहको स्थानीय शाखाले दावी गरेको छ ।
सुन्दर निलो मस्जिदका लागि प्रसिद्ध प्राचीन सहर मजार ए शरिफमा सो हमला भएको थियो । ‘मैले मेरो फोनको स्क्रिनमा कुरान पढिरहेको थिएँ र त्यहाँ बम आयो’, दुर्घटनामा बाँचेका अजिम नाम गरेका एक व्यक्तिले भने । उनको दाहिने खुट्टा छर्राले चोट लागेको थियो । दुर्घटनाको समयमा बसमा ५२ जना मानिस थिए ।
‘बम सडकको छेउमा एउटा गाडीमा राखिएको थियो। बस आइपुग्दा विस्फोट गराइएको थियो’, उनले भने । आक्रमणको कुनै समूहले जिम्मा लिएको छैन् ।
क्याटेगोरी : डायाेस्परा, ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस