ज्येष्ठ नागरिकलाई ५ सयमै हवाई टिकट, ७५ वर्ष माथिका नागरिकलाई ५० प्रतिशत छुट

काठमाडौं । निजी क्षेत्रको आन्तरिक उडानको वायुसेवा कम्पनी श्री एयरलाइन्सले ८५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई पाँच सय रुपैयाँमै हवाई टिकट उपलब्ध गराउने भएको छ। यो वायुसेवाले दसैं, तिहार तथा छठ पर्वको अवसर पारेर ज्येष्ठ नागरिकलाइ हवाई छुट दिने निर्णय गरेको हो।
ज्येष्ठ नागरिकलाई असोज १२ गते घटस्थापनाको दिनदेखि नियमित उडानको हवाई भाडामा छुट दिने सोमबार प्रेस विज्ञप्तीमार्फत दिइएको छ। श्रीका कर्पोरेट प्रबन्धक अनिल मानन्धरद्वारा जारी उक्त विज्ञप्तिअनुसार ८५ वर्षका ज्येष्ठ नागरिकलाई पाँच सयमा टिकट उपलब्ध गराउने र हवाई भाडा तथा इन्धन शुल्कमा छुट दिइनेछ।
७५ वर्ष माथिका नेपाली नागरिकलाई पनि हवाई भाडामा ५० प्रतिशत छुट दिने वायुसेवाले जनाएको छ। यस्तो छुट इन्धनको शुल्क र करबाहेक हवाई भाडामा मात्रै र हने उल्लेख छ। छट पाउन यात्रा गर्ने व्यक्तिको उमेर खुल्ने आधिकारिक परिचयपत्र पेस गर्नुपर्नेछ। यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस