बैंकमा आजदेखि नयाँ नोट साट्न पाइने
नेपाल राष्ट्र बैंकले दशैंका लागि शुक्रबारदेखि नयाँ नोट साट्ने सुविधा दिने भएको छ । सर्वसाधारणले असोज १० देखि १७ गतेसम्म विभिन्न बैंकहरूबाट नयाँ नोट साट्न सक्नेछन् ।
राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र विराटगनर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका प्रदेश कार्यालयबाट पनि नोट सहटी सुविधा लिन सकिनेछ।
त्यस्तै नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक वा आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि नयाँ र सुकिला नोट साट्नसक्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।
सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका नोट एक÷एक पाकेट गरी बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिन लागिएको राष्ट्र बैंकले बताएको छ ।
निर्धारित १८ हजार ५ सयभन्दा बढी पैसा आवश्यक पर्नेलाई भने नयाँ नोटको सट्टा पुरानो तर सुकिला नोट सटही गरिदिने राष्ट्र बैंकले बताएको छ ।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस