घटस्थापनाको दिन सार्वजनिक बिदा
गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । असोज १२ गते आइतबार घटस्थापना रहेको छ ।बिहिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । विगत वर्षहरुमा घटस्थापनका दिन देशभर बिदा दिने प्रचलन थियो ।
तर संघीय सरकारले बिदा कटौती गरेका कारण देशका अन्य ठाउँमा भने बिदा हुने छैन् । गण्डकी प्रदेश सरकारले ल्होछार, प्रदेश स्थापनाको दिन फागुन ४ र माघे संक्रान्तिमा पनि बिदा दिएको थियो ।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस