हनुमानढोकाका लागि गोरखा दरबारबाट फूलपाती पठाइयो
गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहानको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् ।
फूलपातीको डोली बा २० च ४३९४ नम्बरको निजी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिनुभयो । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पु¥याइएपछि आज साँझ हर्षबढाइका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन छ । गोरखा दरबारको दशैँ घरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि वर्षेनी बडादशैँको सातौँ दिन गोरखा दरबारको दशैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पु¥याएर भित्र्याउने प्रचलन रहँदै आएको छ । गोरखा दरबारको दशैँ घरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेले बोकेर ल्याई त्यहाँबाट हनुमान ढोका दरबार पठाइएको हो ।
गोरखा दरबार हेरचाह अड्डाले गोरखा नगरपालिकाको सहयोग र सतिपिपलको एकता युथ क्लबको संयोजनमा फूलपातीको डोली हनुमानढोका दरबार पठाएको हो । दरबारस्थित दशैँ घरबाट बाजागाजा सतिपिपल चौतारासम्म ¥याली निकाली गोरखाबाट फूलपातीको बढाइँ गरिएको उहाँले बताउनुभयो ।
यस्तै युनिटी अफ गोरखा, गोरखा धिमे पुच (नेवार समूह) का युवाले दरबारबाट सतिपिपलसम्म बाजागाजासहित नृत्य प्रस्तुत गरेका थिए । सतिपिपलबाट युवाले मोटसाइकल ¥यालीसहित फूलपातीको डोली बोकेको गाडीलाई स्कर्टिङ गरी हनुमान ढोकामा फूलपाती पठाएका हुन् । फूलपातीबाट काठमाडौँ पठाउनुपूर्व सतिपिपलको फूलपाती चौतारामा आयोजित कार्यक्रममा नगर प्रमुख राजनराज पन्त, वडा नं ६ का अध्यक्ष नारायण अर्याललगायतले हनुमान ढोकामा फूलपाती पठाउने प्रचलनको चर्चा गर्नुभएको थियो ।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस