• जीवनशैली | Jiwanshaili
  • शीतल निवासमा भीभीआइपीकाे दसैं


    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा मंगलबार बिहान शुभसाइतमा आमा मिथिला पाण्डेबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेकी छन् ।

    राष्ट्रपति भण्डारीले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गरेकी हुन्। राष्ट्रपति भवन शीतल निवासको कोशी हलमा आयोजित कार्यक्रममा उनले हनुमानढोकाबाट ल्याइएको देवीको प्रसादसहित हनुमानढोकाका मूल पूजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित खेमचन्द्र ढकालको हातबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गरेकी हुन्।

    राष्ट्रपतिले आफ्ना काकाकाकीबाट समेत टीका ग्रहण गरेकी थिइन् भने देवर कैलाश भण्डारी, छोरी जुवाइँहरु, परिवारजन, स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीलाई टीका लगाइदिइन्।

    त्यस्तै राष्ट्रपति भण्डारीबाट उपराष्ट्रपति वर्षमान पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरुले समेत टीका ग्रहण गरेका छन्। राष्ट्रपति निवासमा प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबराले पनि राष्ट्रपतिबाट टीका ग्रहण गरेका छन्।

    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि टीका ग्रहण गरेका छन्। उच्च पदस्तसँगै राष्ट्रपति भण्डारीले राजनीतिक दलका नेता,मानवअधिकारकर्मी लगायतलाई पनि टीका लगाइ दिएकी छन्।


    क्याटेगोरी : चाडपर्व विशेष

    प्रतिक्रिया दिनुहोस