भाईटीका १२ गते की १३ गते, पञ्चाङ्ग निर्णायक समितिको निर्णय यस्तो

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहार पर्वका सम्बन्धमा भ्रम सिर्जना गर्ने गरी विभिन्न माध्यमबाट भइरहेको प्रचारप्रसारका पछि नलाग्न आह्वान गरेको छ ।
समितिले आज विज्ञप्ति प्रकाशित गरी यही कात्तिक ८ गते शुक्रबारदेखि यमपञ्चक शुरु हुने जनाएको छ । कात्तिक ८ गतेदेखि यमदीपदान शुरु हुन्छ । कात्तिक ९ गते शनिबार कागतिहार, कात्तिक १० गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक ११ गते सोमबार गाईगोरु र आत्म ९म्ह० पूजा पर्ने समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी कात्तिक १२ गते मङ्गलबार गोवद्र्धनपूजा, यमद्वितीया, भाईटीका, किजापूजा र नेपालसंवत् मनाउनुपर्ने समितिको निर्णय छ । यसै अनुसार तिहार पर्व मनाउन समितिले ज्योतिष, धर्मशास्त्रलगायत विभिन्न विषयका विद्वानसँगको राय सुझावपछि निर्णय गरेको हो । केही व्यक्तिले कात्तिक १३ गते भाइटीका गर्ने भनी गरिरहेको प्रचारप्रसार शास्त्रसम्मत नहुने सदस्य सचिव ढुङ्गेलले बताए ।
समितिले २०७७ सालको असोज महीनामा अधिकमास ९मलमास० पर्ने जानकारी समेत आम सर्वसाधारणमा गराएको छ । विभिन्न धार्मिक कृत्यका लागि एक वर्ष अघि नै मलमासको जानकारी आम मानिसलाई दिनुपर्ने भएकाले सार्वजनिक गरिएको उनले बताए ।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस