यमपञ्चकको पहिलो दिन कागको पूजा गरी काग तिहार मनाईयाे

हिन्दु धर्मावलम्बीहरुको दोश्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको पहिलो दिन शनिबार कागको पूजा गरी काग तिहार मनाइएको छ ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्धितिया तिथिसम्म मनाइने तिहारमा अन्तर्गत पहिलो दिन कागको पूजा गर्ने गरिन्छ । आजको दिन कागलाई यमराजको सन्देश वाहकका रुपमा सम्मानका साथ पूजा गर्ने र कानेकुरा दिने गरिन्छ । आजको दिन कागलाई पूजा गरेर खान नदिए पाप लाग्ने धार्मिक मान्यता रहेको छ । त्यसैले आजको दिन आफ्नो घरको आँगनमा पात, दुना वा टपरीमा कागका लागि भनी खाद्यान्नका परिकार राखेर वर्षभरि कागले घरआँगनमा सुखद खबर ल्याओस् भन्ने कामना गर्ने गरिन्छ ।
कागलाई सन्देश वाहक प्राणीको रुपमा लिइने भएकाले काग कराउँदा पाहुना आउने, अथवा शुभ, अशुभका मान्यताहरु रही आएको पाइन्छ ।
पृथ्वीलोकमा भएका मानिसहरुको जन्म मृत्युको विवरण ल्याउनका लागि यमराजले कागलाई आफ्नो दूत बनाएको किम्बदन्ती रहीआएको छ । कागलाई बाठो पंक्षीको रुपमा लिने गरिन्छ । यसले बालिनालीलाई नोक्सानी पुर्याउने किरा फट्याङग्राहरुलाई खाईदिएर अन्न उत्पादन र मांशजन्य फोहरहरु खाएर सरसफाईमा पनि सहयोग पुर्याइरहेको पाइन्छ ।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस