दिपावलीमा काठमाडौंमा बत्तीको झिलिमिली(फाेटाे फिचर)
हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारमा झिलिमिली बत्तीले काठमाडौं उपत्यका रातिमा पनि उज्यालो देखिएको छ ।

फूल, रङ र उज्यालोको चाड मानिने दिपावलीमा बत्तीको झिलिमिलीसँगै खेलिने देउसी भैलीले जोकोहीलाई रोमाञ्चक बनाउँछ ।

आज तिहारको तेस्रो दिन घर–घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिएको छ । घर–घरमा विभिन्न किसिमका बत्तीहरु बालिएका छन् । पूरै शहर हेर्दा राजधानी ‘कलरफूल’ देखिएको छ ।

घर उज्यालो भए लक्ष्मीको बास हुने विश्वाससहित तिहारमा मैनबत्ती, दियो लगायत विभिन्न रङका बिजुली बत्तीहरू बालिएका छन् । अर्कातिर यो पर्वसँगै नेपालीले पटका पड्काउने र बत्तीसँग रमाइलो पनि गरिरहेका छन् ।








क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस