दाजुभाइ दिदी बहिनी नहुनेहरुले रानीपोखरीमा पुगेर टीका लगाउँदै
दाजुभाइ दिदी बहिनी नहुनेहरुले आज काठमाडौंको रानीपोखरीमा पुगेर टीका लगाउँदैछन् ।
रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर २०७२ सालको भूकम्पका कारण भत्किएको र पुनर्निर्माण सम्पन्न नभइसकेकाले मन्दिरको मूर्ति बाहिरै टीका लगाइँदै छ ।
मन्दिरको पश्चिम ढोका बाहिर मूर्ति राखेर पूजाआजा गर्ने र भाइटीका लगाउने व्यवस्था मिलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
रानीपोखरीमा मंगलबार बिहान ७ बजेदेखि बेलुकी साढे सात बजेसम्म पूजा गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस