राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले दाजुभाइ तथा दिदीबहिनीको हातबाट भाइटीका लगाए
राजनीतिक व्यस्तता कम हुँदा शीर्ष नेताले पनि परिवारसँग बसेर भाइटीका लगाएका छन् । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले दाजुभाइ तथा दिदीबहिनीको हातबाट भाइटीका लगाएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना जेठा भाइ तेजेन्द्र पाण्डे र कान्छा भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाएकी छन् । चपलीहाइटस्थित निवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले भाइद्वय पाण्डेलाई टीका लगाइदिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन् । दुबै भाइले यथाशक्य दक्षिणा प्रदान गरेर उनीसँग आशीर्वाद लिए । त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गरेकी थिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीद्वयको हातबाट टीका लगाएका हुन् । टीका लगाइदिएपछि उहाँहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुवाए ।
यस्तै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पनि जुठो परेका कारण भाइटीका लगाएनन् ।
यस्तै, पार्टीका अर्का नेता रामचन्द्र पौडलले भने दिदी चन्दा ओझाबाट सप्तरंगी टीका लगाउनुभएको थियो । यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा शाहीको हातबाट बिहान १० बजेर ५१ मिनेटमा टीका लगाउनुभएको थियो ।
दरबारको शुभसाइत जुराउने विधि फरक भएकाले अन्य साइत भन्दा अगाडि नै पूर्वराजा शाहले टीका लगाउनुभएको थियो ।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस