तराईमा छठ पर्व मनाईयो

तराईवासीहरुको महान चाड छठ पर्व विराटनगरवासीहरुले स्थानीय सिंगिया खोला, नहर र पोखरीहरुमा अस्ताउदो सूर्यलाई अघ्र्य दिई श्रद्धा एवम् भक्तिपूर्वक मनाएका छन् । प्रकृतिको पूजा गर्दै मनाइने छठ पर्वले मधेसमा बसोबास गर्ने विभिन्न समुदायहरुबीच सौहार्दता, आत्मियता र सद्भाव स्थापना गर्न सहयोग पुगेको छ । उनीहरुले सामुहिक रुपमा पूजापाठ र ब्रत गरेका छन् ।
उदाउँदो र अस्ताउदो सूर्यको उपासना गरी मनाइने यो पर्वमा ब्रतालु महिला पुरुषले चोखो निखो बसेर पूजाआजा गरेमा पारिवारिक सुख, समृद्धि र रोगव्याधीबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ ।
यसैबीच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगरबासीको सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गर्दै दण्डवत पूजा गरेका छन् । विराटनगर वडा नं. ३ स्थित राधाकृष्ण शिवपंचायन मन्दिरबाट करिब ३ किलोमिटर दण्डवत पूजा गर्दै परोपकारघाट सम्म पुगेर छठी मातासँग उनले सो कामना गरेका हुन् ।
तराईमा बसोबास गर्ने मधेसीहरु मात्र होइन, छठ पर्वलाई पहाडी मुलका हिन्दू धर्माबलम्बीहरुले पनि श्रद्धापूर्वक मनाएका छन् । भोलि बिहान उदाँउदो सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन भएको मानिन्छ
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस