तराईमा छठ पर्व मनाईयो
तराईवासीहरुको महान चाड छठ पर्व विराटनगरवासीहरुले स्थानीय सिंगिया खोला, नहर र पोखरीहरुमा अस्ताउदो सूर्यलाई अघ्र्य दिई श्रद्धा एवम् भक्तिपूर्वक मनाएका छन् । प्रकृतिको पूजा गर्दै मनाइने छठ पर्वले मधेसमा बसोबास गर्ने विभिन्न समुदायहरुबीच सौहार्दता, आत्मियता र सद्भाव स्थापना गर्न सहयोग पुगेको छ । उनीहरुले सामुहिक रुपमा पूजापाठ र ब्रत गरेका छन् ।
उदाउँदो र अस्ताउदो सूर्यको उपासना गरी मनाइने यो पर्वमा ब्रतालु महिला पुरुषले चोखो निखो बसेर पूजाआजा गरेमा पारिवारिक सुख, समृद्धि र रोगव्याधीबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ ।
यसैबीच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगरबासीको सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गर्दै दण्डवत पूजा गरेका छन् । विराटनगर वडा नं. ३ स्थित राधाकृष्ण शिवपंचायन मन्दिरबाट करिब ३ किलोमिटर दण्डवत पूजा गर्दै परोपकारघाट सम्म पुगेर छठी मातासँग उनले सो कामना गरेका हुन् ।
तराईमा बसोबास गर्ने मधेसीहरु मात्र होइन, छठ पर्वलाई पहाडी मुलका हिन्दू धर्माबलम्बीहरुले पनि श्रद्धापूर्वक मनाएका छन् । भोलि बिहान उदाँउदो सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन भएको मानिन्छ
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस