• जीवनशैली | Jiwanshaili
  • धार्मिक मान्यता अनुसार माघ महिनाका हरेक दिन पवित्र, यसरी हुन्छ पूण्य प्राप्ति


    हिन्दू धार्मिक मान्यता अनुसार माघ महिना १२ महिनामा सबैभन्दा पवित्र महिना हो । यस महिनामा धार्मिक मान्यता अनुसारका संस्कार पूरा गरे मनुस्यले समस्त पापबाट छुटकारा पाउन सक्छ भन्ने धार्मिक मान्यता छ । कस्तो छ हिन्दू धर्ममा माघको महिमा, हेर्नुहोस् ।

    हिन्दूहरुको सर्वाधिक प्रिय महिना माघ आज(बुधबार)बाट सुरु भएको छ। हिन्दू पञ्चाङ्गअनुसार माघको पहिलो दिनलाई मकर संक्रान्तिभन्ने गरिन्छ । यसको अवसरमा देशका विभिन्न तीर्थस्थलमा र विभिन्न पवित्र नदी किनारहरुमा मेला समेत लाग्छ ।

    १.

    धार्मिक दृष्टिकोणले माघको धेरै नै महत्व छ । प्राचिन पुराणअनुसार भगवान नारायणलाई प्राप्त गर्ने सुगम मार्ग यही माघमा गरिने स्नानलाई मानिन्छ । माघमा गरिने स्नानलाई मकर स्नान भनिन्छ, जो निकै पवित्र मानिन्छ ।

    २.

    माघमा खिचडी, नुन, बेसार, तील आदिको दान गर्दा महाफल प्राप्त हुने धार्मिक विश्वास छ ।

    ३.

    निर्णय सिन्धुमा भनिएअनुसार माघमा कम्तिमा पनि एक पवित्रस्थलमा स्नान गर्नुपर्दछ । यदि महिनाभर स्नान गर्न सकिएन भने पनि एक दिनको स्नानले मानिस स्वर्ग जान योग्य हुने धार्मिक विश्वास छ ।

    ४.

    मत्स्यपुराणमा उल्लेख कथनअनुसार माघमा जुन व्यक्तिले ब्राह्मणलाई ब्रह्मवैर्वत पुराण (यो वेदमार्गको दशौं पुराण हो, पुराण १८ वटा हुन्छन् ब्रह्मवैवर्त पुराण सबैभन्दा पुरानो मानिन्छ ) दान गर्छ उसलाई ब्रह्मलोक प्राप्त हुन्छ।

    ५.

    शताब्दीऔ देखि माघको विशेषतालाई लिएर विभिन्न पवित्र नदी तटमा माघी मेला लाग्ने गरेको छ । माघमा पवित्र नदीमा स्थान गर्दा विशेष उर्जा प्राप्त हुने समेत विश्वास छ।

    ६.

    जसरी माघमा स्नानको महत्व छ त्यसैगरी दानको पनि । यो महिनामा तील, गुड तथा कम्बल या उनी वस्त्र दान गर्दा विशेष पुण्य प्राप्त हुने विश्वास छ । नेपालमा चाकु(गुडकै एक प्रकार)मा बनाएको तीलको लड्डु खाने चलन छ ।

    ७.

    माघमा पवित्र नदीमा स्नान गर्दा पापबाट छुटकारा पाइने र मोक्षको मार्ग खुल्ने पनि विश्वास छ।

    ८.

    महाभारतको एक दृष्टान्तमा उल्लेख भएअनुसार माघमा अनेक तीर्थको समागम हुन्छ । यस्तै पद्मपुराणमा बताइएअनुसार अन्य महिनामा गरिने जप, तपबाट भगवान विष्णु त्यती प्रशन्न हुँदैनन् जति माघमा पवित्र नदीमा स्नान गर्दा मात्र हुन्छन ्।

    ९.

    माघमा नदी स्नान तथा दान गर्दा सूर्य तथा चन्द्मायुक्त दोषबाट पनि मुक्ति पाइने विश्वास छ ।


    क्याटेगोरी : चाडपर्व विशेष

    प्रतिक्रिया दिनुहोस