सोनाम ल्होसार पर्वमा बिदा

तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारका अवसरमा सिरहाको धनगढीमाई नगरपालिकाले माघ १० गते शुक्रबार बिदा दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले आज विज्ञप्ति जारी गर्दै माघ ११ गते शनिबार सोनाम ल्होसार पर्व परेकाले अघिल्लो दिन बिदा दिइएको जानकारी दिनुभयो । सोनाम ल्होसार पर्वका अवसरमा शुक्रबार नगरपालिका र वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयलगायत सम्पूर्ण सरकारी कार्यालयमा बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ । यस नगरक्षेत्रमा तामाङ समुदायको बसोबास रहेको छ । –––
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस