प्रणय सप्ताहको आज कुन दिन हो?

भ्यालेन्टाइन डे प्रत्येक प्रेमी–प्रेमीकाको लागि विशेष दिन हो। यसलाई सेन्ट भ्यालेन्टाइन दिवस वा सेन्ट भ्यालेन्टाइनको नामबाट पनि चिनिन्छ। भ्यालेन्टाइन डे प्रत्येक वर्ष फेब्रुअरी १४मा मनाईन्छ।
भ्यालेन्टाइन डे प्रियजनलाई फूल, उपहार वा मायाका कार्डहरू पठाउने एक औपचारिक अवसर हो । धेरैले यस दिनमा प्रिय व्यक्तिलाई प्रेमको प्रस्ताब राख्ने र प्रिय व्यक्तिबाट प्रेमको प्रस्ताब कबुल गर्ने योजना बनाउछन् ।
तर यो दिन केवल रोमान्टिक पार्टनरको लागि मात्र होईन, आफ्नो प्रेमको संकेतको रूपमा तपाई आफ्नो बहिनी, आमा, बुबा, छोरी वा छोरालाई पनि भ्यालेन्टाइन डे उपहार दिन सक्नुहुन्छ।
हरेक वर्ष १४ फेब्रुअरीमा मनाउने भ्यालेन्टाइन डेले यस अघिका १ हप्तानै ओगट्छ । यो ७ फेब्रुअरी देखि सुरू हुन्छ। यस ७–१४ फेब्रुअरीको १ हप्तालाई ‘प्रेमको हप्ता’ पनि भनिन्छ।
हेर्नुहोस् भ्यालेन्टाइन डे साताको सूची
गुलाब दिवस(रोज डे)–७ फेब्रुअरी
प्रस्ताव दिवस(प्रपोज डे)–८ फेब्रुअरी
चकलेट दिवस( चकलेट डे)–९ फेब्रुअरी
टेडी दिवस(टेडी डे) –१० फेब्रुअरी
वचन दिवस (प्रमिस डे)– ११ फेब्रुअरी
आलिंगन दिवस(हग डे)–१२ फेब्रुअरी
चुम्बन दिवस(किस डे)–१३ फेब्रुअरी
प्रेम दिवस(भ्यालेन्टाइन डे)–१४ फेब्रुअरी
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस