प्रणय दिवसको रौनक

प्रणय सप्ताह सुरू भइसकेको छ । राजधानी लगायत देशभर प्रणय दिवसको चहलपहल सुरू भएको छ । राजधानीको गिफ्ट पसलेहरूलाइ भ्याइनभ्याइ रहेको छ । दरबारमार्गस्थित गिफ्ट पसलमा (फेब्रुवरी १४) प्रणय दिवसका लागि झकीझकाउ पार्न सामग्री सजाएर राख्न ब्यस्त देखिन्छ ।

युवा युवती हरूपनि पसलमा उपहार छान्न ब्यस्त भएका देखिन्छ । १४ फरवरीमा प्रणय दिवस मनाइने भए पनि एक साता अघि देखिनै प्रणय सप्ताहका रूपमा मनाइने गरेको छ ।

भ्यालेन्टाइन डे प्रत्येक प्रेमी–प्रेमीकाको लागि विशेष दिन हो। यसलाई सेन्ट भ्यालेन्टाइन दिवस वा सेन्ट भ्यालेन्टाइनको नामबाट पनि चिनिन्छ। भ्यालेन्टाइन डे प्रत्येक वर्ष फेब्रुअरी १४मा मनाईन्छ।
भ्यालेन्टाइन डे प्रियजनलाई फूल, उपहार वा मायाका कार्डहरू पठाउने एक औपचारिक अवसर हो । धेरैले यस दिनमा प्रिय व्यक्तिलाई प्रेमको प्रस्ताब राख्ने र प्रिय व्यक्तिबाट प्रेमको प्रस्ताब कबुल गर्ने योजना बनाउछन् ।
तर यो दिन केवल रोमान्टिक पार्टनरको लागि मात्र होईन, आफ्नो प्रेमको संकेतको रूपमा तपाई आफ्नो बहिनी, आमा, बुबा, छोरी वा छोरालाई पनि भ्यालेन्टाइन डे उपहार दिन सक्नुहुन्छ।
हरेक वर्ष १४ फेब्रुअरीमा मनाउने भ्यालेन्टाइन डेले यस अघिका १ हप्तानै ओगट्छ । यो ७ फेब्रुअरी देखि सुरू हुन्छ। यस ७–१४ फेब्रुअरीको १ हप्तालाई ‘प्रेमको हप्ता’ पनि भनिन्छ।
हेर्नुहोस् भ्यालेन्टाइन डे साताको सूची
गुलाब दिवस(रोज डे)–७ फेब्रुअरी
प्रस्ताव दिवस(प्रपोज डे)–८ फेब्रुअरी
चकलेट दिवस( चकलेट डे)–९ फेब्रुअरी
टेडी दिवस(टेडी डे) –१० फेब्रुअरी
वचन दिवस (प्रमिस डे)– ११ फेब्रुअरी
आलिंगन दिवस(हग डे)–१२ फेब्रुअरी
चुम्बन दिवस(किस डे)–१३ फेब्रुअरी
प्रेम दिवस(भ्यालेन्टाइन डे)–१४ फेब्रुअरी
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस