• जीवनशैली | Jiwanshaili
  • होलीको कार्यक्रम गर्न रोक


    फागु पूर्णिमा (होली) का अवसरमा कार्यक्रम गर्ने वा भीड हुने कार्य गर्न रोक लगाइएको छ । कोरोनाभाइरसको संवेदनशिलतालाई मध्यनजर गर्दै यस्तो निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएकाछन् ।

    होलीका कार्यक्रममा भीडभाड हुने भ्एकोले कार्यक्रम नगर्न निर्देशन दिएका हो । यस पटक यस्तो अवस्थामा कार्यक्रम लिएर आउनेलाई स्वीकृति नदिएको प्रजिअ दाहालले बताएका छन् ।

    उनले अहिले भाइरस संक्रमणको डर सबैतिर भएको र विभिन्न सञ्चार माध्यमले पनि जानकारी दिइरहेकाले मानिसहरू आफैं सचेत हुनुपर्ने बताए।

    “संक्रमणबाट बच्न गर्नुपर्ने उपायबारे स्वास्थ्य मन्त्रालयले नै विज्ञप्ति जारी गरेको छ। स्वीकृति लिन आउनेको हकमा पनि हामीले कार्यक्रम स्थगित गर्न भनेका छौं। कहीँकतैबाट निर्देशन दिनुभन्दा पनि आफैं पनि सचेत हुनुपर्यो नि” उनले भने।


    क्याटेगोरी : चाडपर्व विशेष

    प्रतिक्रिया दिनुहोस