साेह्र बर्षीय युवतीमाथि आफ्नै श्रीमान र जेठाजुले जवरजस्तीकरणी गर्न खाेजे पछि
महिलालाई बलात्कार गर्न खोजेको आरोपमा कैलालीमा श्रीमान र जेठाजु पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिकाकी १६ बर्षीय युवतीमाथि जवरजस्तीकरणी गर्न खोजेको भन्दै उनका १७ बर्षीय श्रीमान र जेठाजु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
१ बर्ष पहिले किशोरीको मागी बिबाह भएको थियो । दाजु भाइ मिलि बलात्कार गर्न खोजेको भन्दै प्रहरीलाई उजुरी आएपछि दुबै जनालाई पक्राउ गरिएको निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।
१६ गते प्रहरीलाइ उजुरी आएपछि महिलालाई सेफ हाउसमा राखिएको थियोझ उनेले भने, कोरोनाको त्रासका कारण दुबैजनालाई परिवारको जिम्मा लगाइएको थियाे ।
युवती र उनका माईती पक्षले जवरजस्तीकरणी उद्योगमा मुद्धा दिएपछि दुबै जनालाई पुन पक्राउ गरि जिल्ला ल्याइएको उनले बताए। उनिहरुको आइतबार म्याद थप गरिने उनले जानकारी दिए ।
यसैबीच सोही मुद्धा मिलाइदिन्छु भन्दै ५० हजार घुस लिने सामुदायिक वनका अध्यक्ष पनि पक्राउ परेका छन्।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस