साेह्र बर्षीय युवतीमाथि आफ्नै श्रीमान र जेठाजुले जवरजस्तीकरणी गर्न खाेजे पछि

महिलालाई बलात्कार गर्न खोजेको आरोपमा कैलालीमा श्रीमान र जेठाजु पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिकाकी १६ बर्षीय युवतीमाथि जवरजस्तीकरणी गर्न खोजेको भन्दै उनका १७ बर्षीय श्रीमान र जेठाजु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
१ बर्ष पहिले किशोरीको मागी बिबाह भएको थियो । दाजु भाइ मिलि बलात्कार गर्न खोजेको भन्दै प्रहरीलाई उजुरी आएपछि दुबै जनालाई पक्राउ गरिएको निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।
१६ गते प्रहरीलाइ उजुरी आएपछि महिलालाई सेफ हाउसमा राखिएको थियोझ उनेले भने, कोरोनाको त्रासका कारण दुबैजनालाई परिवारको जिम्मा लगाइएको थियाे ।
युवती र उनका माईती पक्षले जवरजस्तीकरणी उद्योगमा मुद्धा दिएपछि दुबै जनालाई पुन पक्राउ गरि जिल्ला ल्याइएको उनले बताए। उनिहरुको आइतबार म्याद थप गरिने उनले जानकारी दिए ।
यसैबीच सोही मुद्धा मिलाइदिन्छु भन्दै ५० हजार घुस लिने सामुदायिक वनका अध्यक्ष पनि पक्राउ परेका छन्।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस