रुपन्देहीको एकै परिवारका नौ जनामा कोरोना
बिहिबार,जेठ १,२०७७।
रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । तीमध्ये छ पुरुष, एक महिला एवं चार र १० वर्षीया बालिका तथा एक पुरुष अलग परिवारको रहेको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिनुभयो । भारतको मुम्बईबाट नेपाल आएका उनीहरु एक साताअघि लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।
नेपाल प्रवेश गरेपछि स्थानीय जोगडा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका उनीहरुको परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । सो गाउँपालिका सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकासँग जोडिएको गाउँपालिका हो । रुपन्देहीमा बुधबार थप १२ जनामा कोरोना सङ्क्रमण भएको थियो । थपिका १२ सहित जिल्लामा कोरोना सङ्क्रमित २८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
भैरहवास्थित भीम अस्पतालको आइसोलेशन वार्डका रहेका दुई र गैडहवा गाउँपालिकाको जोगडा मावि क्वारेन्टाइनमा बसेका १० सहित १२ मा कोरोना सङ्क्रमण भएको थियो । भीम अस्पतालको आइसोलेशनमा रहेका एक जना उत्तर प्रदेश जिल्ला गोण्डाका भारतीय हुन् भने एक जना विजयनगर नगरपालिका कपिलवस्तुका बासिन्दा भएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताउनुभयो । भारतीय प्रतिमाननिमा क्वारेन्टाइनमा बसेका बेला स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएका नागरिक हुनुहुन्छ । उहाँ केही दिन पहिला नवलपरासीमा पूजा गर्न आएको पण्डित भएको बताइएको छ । —
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस