• जीवनशैली | Jiwanshaili
  • बाल्टीनको पानीमा डुबेर १८ महिने शिशुको मृत्यु


    मकवानपुरमा बाल्टीनमा रहेको पानीमा डुबेर एकजना १८ महिनाकी बालिकाको ज्यान गएको छ ।

    पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ७ लामा टालकी १८ महिने बालिका इशा ब्लोनको घरकै शौचालयमा राखिएको बाल्टीनको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    घरको शौचालयमा राखिएको पानीमा डुबेको अवस्थामा बालिकालाई अविभावकले फेला पारेका थिए । बेहोस अवस्थामा फेला परेकी बालीकाको भरतपुर लगेपछि अस्पतालमा मृत घोषणा गरिएको थियो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस