भजनी चराई पर्वको शुभकामना
जेठ ११ गते, साेमबार।
नेपाल राना थारू समाजले राना थारू समुदायले मनाउँदै आएको भजनी चराई पर्वका अवसरमा सबै जनसुमदायलाई शुभकामना व्यक्त गरेको छ । समाजका अध्यक्ष कृपाराम रानाले आज एक शुभकामना सन्देश जारी गर्दै विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को जोखिमबाट बच्न पनि सबैलाई अनुरोध गर्नुभएको छ ।
मन्त्रिपरिषद्ले गत माघ २० मा गरेको निर्णयानुसार गत जेठ ५ मा यस समुदायलाई आदिवासी जनजातिको सूची नं ६० का रुपमा राजपत्रमा प्रकाशित भएको सन्देशमा उल्लेख छ । यसका लागि पनि समाजले समुदायका सबैमा बधाई ज्ञापन गरेको छ । अधिकारयुक्त पहिचान स्थापित गर्न सहयोग गर्ने प्रधानमन्त्री केपी शर्मा ओली, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई पनि समाजले धन्यवाद ज्ञापन गरेको छ ।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस