क्वारेन्टिनमै जन्मियो शिशु
प्युठानको एक क्वारेन्टिनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिनुभएको छ । नौवहिनी गाउँपालिका – ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आउनुभएका १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म दिनुभएको हो ।
श्रीमान् प्रेम पुनका साथमा यही जेठ १७ गते भारतबाट आई उक्त क्वारेन्टिनमा बस्नुभएका सरस्वतीले गए राति १ क्वारेन्टिनमै छोरा जन्माएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँ अहिले स्वास्थ्यकर्मीकै निगरानीमा रहेको र आज आरडिटी गरिने जनाइएको छ ।
––
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस